२०८१ श्रावण १२

ललिता निवास प्रकरणमा तीन जना पूर्वमन्त्रीलाई सफाइ, कर्मचारी र भूमाफियालाई सजाय
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३, बिहीबार १४:५६ गते

काठमाण्डौं ३ फागुन ।
ललितानिवासको जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतबाट जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।
विशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।
पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।