२०८१ चैत्र ४
बुटवल ५ फागुन ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताएका छन् ।
शनिवार वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिबेशनको उद्घाटन गर्दै उनले शैक्षिक सुधारको लागि नेताहरुमा इच्छा शक्ति चाहिएको भन्दै त्यसको लागी निरन्तर खबरदारी दिन आवश्यक रहेको बताए ।
उनले भने– “ गुणस्तरीय शिक्षाको लागी नेतृत्वको सोच देखिएन । माथीबाटै कुरा विग्रएको छ । राष्ट्को लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागी तपाईहरुले संघ प्रदेशमा दवाव दिनै पर्छ ।”
उनले प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताए । सभामुख घर्ती मगरले संघको लुम्विनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागी राज्यलाई नै घचघचाउने र खवरदारी गरिरहने नेतृत्वको नेपालको शिक्षा क्षेत्रले खोजीरहेको बताए ।