२०८१ श्रावण १२

कांग्रेस महासमिति बैठक सुरु
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ७, सोमबार १०:१० गते

काठमाण्डौं ७ फागुन ।
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको बैठकको सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् ।महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ ।
‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित सुरु भएको बैठक उद्घाटनपछि हिमाल, पहाड, तराई र मधेशसहित चारवटा समूहमा विभाजन गरेर समूहगत छलफल सुरु हुनेछन्। बैठकमा प्रस्तुत हुने केन्द्रीय समितिबाट पारित पाँचवटा प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदनमा छलफल हुनेछ ।
देशभर आठ लाख ५० हजारभन्दा बढी सक्रिय सदस्य रहेको सत्ता साझेदार दल कांग्रेसको महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागिता छ ।
यस्तै, केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको छ।