२०८१ श्रावण १२

अभिनय तथा नाट्यकर्मी संघ नेपालको गठन
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन ९, सोमबार ०९:३९ गते

बुटवल, ९ फागुन । लुम्बिनी प्रदेश भित्र अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपालको तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन । समिति सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन । सल्लाहकारहरुमा चिरन बराल, शेर बहादुर गौतम, राधारमण अग्रहरी, कासिनाथ पन्थी धुर्व घिमिरे, रेखा एम।सी रहेका छन ।
कार्यक्रमका बोल्दै अध्यक्ष सान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र छरिएर रहेका अभिनय तथा नाट्य क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलीचलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धि विद्यामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं आपसी समस्या समाधान गर्दै सङ्गठनात्मक हिसाबले अगाडि बढ्ने पेशा व्यवसायलाई मर्यादित र परिस्कृत बनाउनका लागि अभिनय तथा नाट्यकर्मी संघ नेपालको स्थापना गरिएको बताए ।
कार्यक्रमा विशिष्ट अतिथि रेखा यमसीले विभिन्न पेशाका संघ संगठनहरु धेरै रहेको तर हालसम्म अभिनय कर्मिको संघ संगठन नभएकोले पहिलो पटक बुटवलबाट अभियान सुरु गरिएको बताउदै संघको प्रगतिको कामना समेत गरे । कार्यक्रममा बाबुराम घिमिरे, शेर बहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, कासिनाथ पन्थी लागायतकाले बोलेका थिए ।कार्यक्रम चिरन बरालको स्वागत मन्तब्य, विजय पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।