२०८१ श्रावण १२

रुपन्देहीमा दादुरा रुबेला खोपका लागि ११ सय खोप केन्द्र
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १०, बिहीबार १५:१८ गते

बुटवल १० फागुन ।
रुपन्देहीमा दादुरा रुबेला खोपको लागि आवश्यक तयारी गरिएको छ । यहा ३ लाख १४ हजार ७ सय ३८ जना लक्षित बालबालिकाका लागि ११ सय खोप केन्द्र तय गरिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यहा खोप दिनका लागि २२ सय स्वास्थ्यकर्मी परिचालित गरिदै छ । त्यस्तै खोप ब्यवस्थीत रुपमा सम्पन्न गर्न ३३ सय स्वंयसेवक पनि खटिने भएका छन् ।
यहा आवश्यक खोपका लागि ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ सिरिन्जको ब्यवस्था गरिएको छ । ती सामाग्रीहरु समयमै खोप केन्द्रमा पुग्ने गरी ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बिहिवार बुटवलमा सञ्चारकर्मीसग गरिएको कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले रुपन्देहीमा २ चरणमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानाकारी दिए । यही फागुन १३ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा ९ वटा पालिकामा अभियान सञ्चालन हुने भएको छ ।
पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी र सुद्धोधन पालिकामा अभियान सञ्चालन गरिने भएको छ । त्यस्तै दोश्रो चरणमा ७ जटा पालिकामा अभियान सञ्चालन गरिदै छ । दोश्रो चरण यही फागुन २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । दोश्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरिमाइ, मर्चवारी, कोटहीमाइ र मायादेवीमा खोप अभियान सञ्चालन हुने उनले बताए । कार्यक्रममा खोप अधिकृत चिन्तामणि ज्ञवालीले खोपका बारेमा सकरात्मक सन्देश प्रवाहको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा प्रभास पन्थी, केदार शाहलगायतले खोपका बारेमा बताएका थिए ।
९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ । नजिकैको खोप केन्द्रमा लगि बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । यो अभियानमा लगाइने खोप थप मात्र भएकाले पहिला जति पटक लगाएको भएपनि यो खोप लगाउनुपर्ने खोप अधिकृत शर्माले बताए । अभियानमा यो खोप लगाएपनि नियमित प्रक्रियाका खोप पनि लगाउनुपर्ने उनले बताए ।
सन २०२६ सम्ममा दादुरा रुबेला निवारण गर्न सरकारको प्रतिवद्धता छ, त्यसलाई सघाउ पु¥याउन अभियानलाई महत्वपूण ठानिएको छ । त्यस्तै यस खोप मार्फत बालबालिकामा यस रोगका विरुद्धमा प्रतिरोधात्मक क्षमता वृद्धि गरी रोग संक्रमण हुन सक्ने संभावना न्यूनिकरण गर्ने लक्ष्य यस अभियानले लिएको खोप अधिकृतहरुले बताएका छन् ।