२०८१ श्रावण १२

पक्राउ परेका बैंकका सिनियर डेपुटी सिइओसहित १० जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन १५, मंगलवार १४:२६ गते

काठमाण्डौं १५ फागुन ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति पनि दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।
उनीहरुले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईं र उनको कम्पनीलाई १ अर्ब १४ करोड रुपैयाँको धितो राखेर २ अर्ब ११ करोड बढीको ऋण दिएको सीआईबीले जनाएको छ । उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐनअनुसार अनुसन्धानका लागि ७ लिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सेञ्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ र न्यौपाने प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत छन् ।