२०८१ कार्तिक ८

सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा चयन
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन २६, शनिबार १४:२९ गते

काठमाण्डौं २६ फागुन ।
राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्।
कांग्रेसको यसअघिका राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी ६ वर्षको अवधि पूरा गरेपछि बिदा भएपछि उक्त पद रिक्त थियो ।
पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानबमोजिम सिटौलालाई राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा चयन गरेका हुन्। कांग्रेस माओवादीसहितको गठबन्धनमा सिटौला राष्ट्रियसभा अध्यक्ष बन्ने गरी चुनावमा सहभागी भएका थिए । तर गठबन्धन टुटेपछि अध्यक्ष जित्न कांग्रेसका उम्मेदवारलाई बहुमत पुग्दैन ।