२०८१ माघ २३

प्रचण्डले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २०८० फाल्गुन ३०, बुधबार १५:०५ गते

काठमाण्डौं ३० फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन्।
दुई सय ६८ सांसद उपस्थित रहेको बैठकमा प्रचण्डको पक्षमा एक सय ५७ मत पर्‍यो भने विपक्षमा एक सय १० मत पर्‍यो । एक सांसद तटस्थ रहे ।