२०८१ कार्तिक ८

भन्सार विधेयकमाथि छलफल
  • लुम्बिनी खोज
  • २०८० चैत्र ६, मंगलवार ११:३७ गते

काठमाण्डौं ६ चैत ।
‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस भएको छ । प्रतिनिधिसभाको मंगलवारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव पेस गरेपछि विधेयकमाथि छलफल भएको छ।
भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन भन्दै सरकारले यो विधेयक संसदमा दर्ता गराएको थियो।
भन्सार महसुल संकलनमा दक्षता र प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो विधेयक संसदमा दर्ता भएको जनाइएको छ।