२०८१ कार्तिक ८

भूमि आयोग खारेज
  • लुम्बिनी खोज
  • २०८० चैत्र ८, बिहीबार १६:२८ गते

काठमाडौं ८ चैत ।
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको हो।
सरकार फेरिएसगै सत्तामा रहेका पार्टीका कार्यकर्ता नियुक्त गर्ने परम्परा दलहरुले बसाल्दै आएका छन् । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने गरी सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको बताइन्छ।