२०८२ पुष १०

रुपन्देही सुपर लिग ःमेलवर्न क्रिकेट क्लब विजयी
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २२, आईतवार १६:४२ गते

बुटवल, २२ फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगको डिभिजन ‘ए’अन्तर्गत आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले देवदह क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै जित हात पारेको छ ।
जितसँगै एमसीसी सुपर फोरमा प्रवेश गरेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा ३३.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय ८६ रन बनायो । उसका लागि सुशान्तसिंह थापाले ४८ र सविनरत्न शाक्यले ३४ रन बनाए । बलिङमा देवदहका सुदीप जिसी र अर्जुन रायमाझीले समान ३–३ तथा सुरज दरईले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको देवदहले २४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनमै समेटियो । उसका लागि अर्जुन रायमाझीले २१ र सुरज दरईले १३ रन बनाए । बलिङमा एमसीसीका रोशनलाल गुप्ताले ४, शिवकुमार मौर्य र सन्तोष यादवले २–२ विकेट लिए । एमसीसीका सुशान्तसिंह थापा म्यान अफ द म्याच भए । उनले एक हजार २ सय रुपैयाँ प्राप्त गरे ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।