२०८१ आश्विन ६

यस्तो हुनेछआज दिनभरको मौसम
  • लुम्बिनी खोज
  • २०८१ असार ४, मंगलवार ०३:१५ गते

बुटवल, ४ असार ।
हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही तथा मधेश प्रदेशलगायत बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशका केही तथा मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।