२०८१ आश्विन ४

रुपन्देही व्यापार संघमा वाणिज्य कार्यालयको फर्म नविकरण
  • लुम्बिनी खोज
  • २०८१ असार ५, बुधबार १२:५२ गते

 

बुटवल, ५ असार ।
वाणिज्य कार्यालयमा फर्म दर्ता भएका व्यावसाय प्रतिष्ठानहरुको नविकरण रुपन्देही व्यापार संघको सचिवालयबाट सम्पन्न भएको छ । व्यावसायीहरुलाई सहजता हुने गरी रुपन्देही व्यापार संघले नविकरण कार्यक्रम आफ्नै सचिवालयबाट सम्पन्न गरेको हो । कार्यक्रमबाट करिब २ सय व्यवसायीहरुको फर्म नविकरण भएको कार्यक्रम संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालले जानकारी दिए । फर्म नविकरणका लागि वाणिज्य कार्यालयका कार्यालय प्रमुख लक्ष्मी शर्मासहित ६ सदस्यीय टोली खटिएको थियो । सो टोलीले संघको सचिवालयमा उपस्थित भई नविकरणको काम गरेको थियो । संघले विगतका वर्षहरुमा पनि आफ्नै सचिवालयबाट यस्तो कार्यक्रम गर्दै आएको छ ।