२०८१ आश्विन ६

बुटवलको डेल्टा कम्प्लेक्समा कसरी लाग्यो आगो, नियन्त्रणमा लिन किन धेरै समय लाग्यो ?
  • लुम्बिनी खोज
  • २०८१ असार ७, शुक्रबार ०८:०६ गते

 

बुटवल ७ असार ।
बुटवल मिलनचोक स्थीत डेल्टा कम्प्लेक्समा करोडौंको क्षती हुने गरी भएको आगलागी नियन्त्रणमा लिन धेरै समय खर्चिनु परेको छ । राजमार्गको छेउमै आगलागि हुदा पनि किन धेरै समय सम्म पनि आगलागि नियत्तणमा लिन सकिएन र आगलागीको कारण के हो भन्नेमा धेरैले चासो राखेका छन् ।
बिहिबार लागेको आगो निभाउन शुक्रबार सम्म लागेको थियो । आगलागि भएको थाहा पाए लगत्तै दमकलका लागि खबर भएकोमा यहा शुरुमा बुटवलका २ वटा दमकल आएको थिए । ठूलो आगलागि भएकाले ती दमकलबाट आगो नियन्त्रणमा लिन गाह्रो परेको अवस्थामा नजिकका पालिकाहरुमा रहेका दमकलहरु आउन समय धेरै लागेको थियो । आगो नियन्त्रणमा लिन यहा १० वटा सम्म दमकल परिचालन गरिएपछि मात्रै केही सहज भएको थियो ।
बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगो शुक्रबार मात्र नियन्त्रणमा आएको थियो । कम्प्लेक्समा लागेको आगोले भवनसँगै भित्र रहेका सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएपछि निभेको हो ।

आगलागीपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलबारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरी दमकल आगो नियन्त्रणमा प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

कम्प्लेक्सनजिक बाक्लो बस्ती र पेट्रोल पम्प रहेको छ । तर अन्यत्र आगो फैलिनबाट जोगाइएको थियो । मेटल स्ट्रक्चरमा निर्माण गरिएको भवनको माथिल्लो तलामा रहेको डेल्टा एजुकेसन मार्टबाट आगलागी सुरु भएको बताइएको छ।

कम्प्लेक्समा स्टेसनरी, केही विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री, नेपाली लुगाघर, जुत्ता बजार र खाद्यान्नका मार्ट सञ्चालनमा थिए ।
फलाम र प्यानलबोर्डबाट बनेको भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ । कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेसन मार्ट रहेको थियो भने अन्य तलामा नेपाली जुत्ता बजार, नेपाली लुगाघर र खाद्यान्न पसल थिए । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
बुटवलका ठूला व्यवसायी र शिक्षण पेसाका अगुवाहरूले सञ्चालन गरेको डेल्टा एजुकेसन मार्टमा पछिल्ला दुई वर्षदेखि नेपाली जुत्ता घर र नेपाली लुगाघर पनि सञ्चालन गरिएको थियो । विद्युत सर्ट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ ।