२०८१ आश्विन ६

एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने
  • लुम्बिनी खोज
  • २०८१ असार १३, बिहीबार १०:३२ गते

बुटवल, १३ असार ।
एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।
२०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए  । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२।१४ प्रतिशत परीक्षार्थीले ननग्रेड ९एनजी० ल्याएका छन् ।
बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।