२०८१ आश्विन ६

देउवाले बोलाए पदाधिकारी बैठक
  • लुम्बिनी खोज
  • २०८१ असार १६, आईतवार ११:२० गते

काठमाण्डौं १६ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक बुढानिलकण्ठस्थित देउवाको निवासमा भोलि सोमबार दिउँसो ३ बजे बस्ने छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको भूमिकाबारे छलफल हुने नेताहरूले बताएका छन्। पार्टीको आन्तरिक विषयहरुमाथि छलफलका लागि बैठक बोलाइएको भएपनि अरु राजनीतिक विषयहरुमा पनि छलफल हुनसक्ने पनि नेताहरुले बताएका छन् ।