२०८१ आश्विन ६

लुम्बिनीमा एमालेद्धारा समर्थन फिर्ता
  • लुम्बिनी खोज
  • २०८१ असार २०, बिहीबार १६:०३ गते

बुटवल २० असार।
नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रका नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा सहभागि भएका एमालेका मन्त्रीहरुले मुख्यमन्त्री महरालाई बिहिबार भेटेर समर्थन फिर्ता लिएको जानाकारी गराएको राजीनामा दिएका मन्त्री दिनेश पन्थीले बताए ।
बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएको उनले बताए ।
केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका हुन् ।