२०८१ आश्विन ६

 सरकार गठनको प्रक्रिया अगाडी बढाउन एमालेको पत्र
  • लुम्बिनी खोज
  • २०८१ असार २१, शुक्रबार १३:४६ गते

बुटवल २१ असार ।
लुम्बिनी प्रदेशमा नया सरकार गठनको प्रक्रिया अगाडी बढाउन एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ । शुक्रवार प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको एमालेले आइतबार प्रदेश सभामा पत्र बुझाउने तयारी गरेको छ ।
केन्द्रमा नया सत्ता समिकरण बनेपछि त्यसको असर प्रदेशहरुमा देखिने क्रममा लुम्बिनी प्रदेशमा नया सरकार गठनका लागि एमालेले सक्रियता बढाएको छ ।
केन्द्रमा जस्तै प्रदेशमा पनि सहमतिको सरकार गठन गर्न भन्दै एमालेले सक्रियता बढाएको हो । बिहिवार मात्रै प्रदेश सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएको एमालेले मुख्यमन्त्री अल्पमतमा परेकाले नया सरकार गठनको प्रक्रिया अगाडी बढाउनुपर्ने बताएको छ ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेश प्रमुखको कार्यालयमा जानकारी पत्र बुझाएको बताए ।
सरकार गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन प्रदेश प्रमुखको कार्यालयलाई आग्रह गरिएको उनले बताए । चौधरीले आइतबार प्रदेश सभा सचिवालयमा समेत पत्र बुझाउने तयारी गरिएको बताए । बहुमत गुमाएका मुख्यमन्त्रीले नया सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने एमालेको भनाइ रहेको छ ।