२०८१ आश्विन ४

चार सयले घट्यो सुनको मूल्य
  • लुम्बिनी खोज
  • २०८१ असार २४, सोमबार १०:०७ गते

बुटवल २४ असार ।
आज सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ।
आइतबार प्रतितोला रु. एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु. एक लाख ४४ हजार तीन सय कायम भएको छ।
महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ। आइतबार रु. एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिद–बिक्री भएको थियो।