२०८१ आश्विन ६

नेप्सेमा ५२.९७ अंकको वृद्धि
  • लुम्बिनी खोज
  • २०८१ असार ३०, आईतवार ०९:५२ गते

बुटवल ३० असार ।
आज सेयर कारोबार मापक नेप्से परिसुचक ५२.९७ अंकले बढेको छ ।
साताको पहिलो कारोबार दिन आयतबार नेप्से परिसूचक उच्च अंकले बढ्दा कारोबार पनि बढेको छ । आइतबार नेप्से ५२.९७ अंकले बढेर दुई हजार दुई सय ५७.५९ बिन्दुमा कायम भएको छ ।
नेप्सेका सबै समूहमा हरियाली छाउँदा कारोबार रकमसमेत साढे सात अर्बभन्दा माथि पुगेको छ । आज ३०९ कम्पनीका दुई करोड २० लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा सात अर्ब ६२ करोड चार लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ।
आज नेप्सेका सबै समूहको सूचकमा वृद्धि भएको छ।