२०८१ आश्विन ६

ओली प्रधानमन्त्रीमा नियुक्त
  • लुम्बिनी खोज
  • २०८१ असार ३०, आईतवार १४:२१ गते

काठमाण्डौं ३० असार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्माओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
ओलिको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ।ओली चौथो पटक मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका छन् ।