२०८१ कार्तिक २

रुकुम पश्चिममा मध्यराति बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, एक बेपत्ता
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १, मंगलवार १०:२६ गते

रुकुम, १साउन ।
रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन।
सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको बताइएको छ । घटनामा परेर डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन ।
बाढीले घर बगाउँदा घाइते हुनुभएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार हुदै छ ।
आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको प्रहरीले बताएको छ ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।