२०८१ आश्विन ५

नेप्से परिसूचक २३१०.५९ विन्दुमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १, मंगलवार १०:४८ गते

बुटवल, १ साउन ।

 नेप्से परिसूचक आज २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ।

आज ७०.१८ अंक बढेसँगै नेप्से परिसूचन २३१०.५९ विन्दुमा पुगेकाे छ। यसअघि २९ वैशाख ०७९ मा नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो।

नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ७३ करोडको सेयर खरिदबिक्री भएकोमा आज ३१५ स्टकको एक लाख १९ हजार ११ पटकको कारोबार भई नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।