२०८१ कार्तिक २

२५ सय अंक नाघेर २४८८ मा फर्कियो नेप्से
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ७, सोमबार १०:४० गते

बुटवल ७ साउन ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सयको अंक छोएर २४८८ जिन्दुमा फर्किएको छ । तीन पटक सम्म २५ सय अंक छुँदै फर्किँदै गरेको नेप्से अघिल्लो दिनको तुलनामा सामान्य अंक वृद्धिमै रोकिएको छ। सोमबार बजार बन्द हुँदा नेप्से दुई दशमलव १५ अंकले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अंकमा कायम भएको छ।
पछिल्ला केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्सेमा सोमबार कारोबार रकममा पनि कमी देखिएको छ।
सोमबार १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम एक अर्ब ३२ करोड रुपैयाँले कम भएको हो। सोमबार एक सय १५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने एक सय २१ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

सोमबार तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री भयो।