२०८१ आश्विन ५

नेप्से २०.६३ अंक घट्यो, कारोबार १९ अर्ब ६० करोड
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १४, सोमबार ०९:५० गते

 

बुटवल १४ साउन ।
सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । अघिल्लो कारोबार दिन ११३ अंक बढेको नेप्सेमा यस दिन करेक्सन भएको छ। आज २०.६३ अंकको गिरावटपछि नेप्से परिसूचक २६६१.०९ अंकमा झरेको छ ।
बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।