२०८१ आश्विन ५

सेयर बजारमा झण्डै २२ अर्बको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १६, बुधबार १०:०६ गते

बुटवल १६ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ अङ्क माथिले बढ्दा २१ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बुधबार भएको सेयर कारोबार रकम हालसम्मकै उच्च हो । आज कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ६४ करोड रुपैयाँ बराबर कारोबारको उच्च रेकर्ड बनेको थियो । अघिल्लो चरणको बुलको कारोबार रेकर्ड तीन वर्षमा तोडिएको हो । बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७६०.९१ अंकमा कायम भएको छ ।
१९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।