२०८१ आश्विन ५

सेयर बजारमा २१ अर्ब ७१ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १७, बिहीबार ११:१२ गते

बुटवल १७ साउन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५.२९ अंकले घटेको छ ।
साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा करेक्सन सगै कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर दुई हजार ७५५.६२ विन्दुमा रोकिएको छ ।
आज ३३२ कम्पनीका पाँच करोड १३ लाख २१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यसअघि बुधबार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबराबरको सेयर कारोबार हुँदै रेकर्ड बनाएको थियो ।

बिहीबार बजार घट्दा ७४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। त्यसमध्ये पाँचवटा कम्पनीको मूल्यमा सर्किट लागेर १० प्रतिशतले बढेका छन्। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर, सिटी होटेल र कुथेली बुखारी स्मल हाइड्रोको सेयरमा सर्किट लागेको हो।