२०८१ आश्विन ५

बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय पुनः सचालनमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १९, शनिबार ११:३६ गते

बुटवल १९ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सचालनमा ल्याएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित राजश्व अनुसन्धानको कार्यालय भवनमा रहेको सम्पर्क कार्यालय यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए । दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिएपनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको बताइएको छ । हरेक शुक्रबार नियमित आउने र शुक्रबार साँझको समय देखि आइतबार बिहानको समय सम्म मुख्यमन्त्री रहने तथा उनी नहुँदा पनि एक जना सचिवालयका कर्मचारी राख्ने व्यवस्था मिलाइएको छ ।
यसअघि मुख्यमन्त्री कार्यालय धेरै ठाउँमा राखेको विषयमा आलोचना भएपछि सरकारले हटाएको थियो तर हरेक पटक बुटवलमा मुख्यमन्त्री आउँदा होटलमा बस्नुपर्ने, सचिवालयसहित सुरक्षा टोली बस्दा धेरै खर्च हुने हुँदा सानो इकाइको व्यवस्था गरिएको जनाइएको छ । ०७४ सालदेखि राजश्व अनुसन्धानको कार्यालयमा मुख्यमन्त्रीको निवास बनाइएको थियो । राजधानी दाङ लगिएपछि यहा मुख्यमन्त्रीको सम्पर्क कार्यालय बनाइएको थियो ।