२०८१ आश्विन ५

बुटवलको बजारमा गुणस्तरहिन दुध बिक्रि
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार १४:४२ गते

बुटवल २१ साउन।
बुटवलको बजारमा गुणस्तरहिन दुध विक्रि हुने गरेको पाइएको छ ।  दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको तथ्य यहा फेला परेको छ ।
बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो  ।  अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्ने सहकारी  र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको  प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । जाच गरेका नमुनामा दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको छ ।
सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको तथ्य फेला परेको हो । सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत , एस।एन।एफ। ८, गाईको दुधमा ३।५ प्रतिशत फ्याट , एस।एन।एफ। ७  र मिक्स दुधमा ३।५ प्रतिशत फ्याट  एस।एन।एफ।को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १।८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ ।
दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको जनाएको छ । बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी ब्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाईए तत्काल कारबाही गर्ने  उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन ।   ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाईए तत्काल कारबाही गरिने उनले बताइन। उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिइन्।