२०८१ आश्विन ४

नेप्सेमा १४५.०५ अंकको गिरावट, नयाँ रेकर्ड सहित २३ अर्ब ७१ करोडको कारोबार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २२, मंगलवार ०९:४४ गते

बुटवल २२ साउन ।
केहीदिन यता उच्च अंकले बढ्दै आएको  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक  मंगलबार पाँच प्रतिशतभन्दा धेरैले अर्थात १४५.०५ अंकले घटेको छ ।
आज नेप्से दुई हजार ६ सय ५१.३२ बिन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स पनि पाँच प्रतिशत भन्दा बढीले गिरावट आएको छ। आज ३२२ कम्पनीका पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर खरिद बिक्री भएका छन् । आज २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। आजको कारोबार रकम नेप्सेको इतिहासकै उच्च हो ।