२०८१ आश्विन ५

एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचै जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २३, बुधबार १४:५१ गते

काठमाडौ, साउन।

दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकोप्टरमा सवार पाँचैजनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ।

आज बुधबार दिउँसाे १:५४ बजे काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको ९एन–एजेडी कलसाइनकाे हेलिकाेप्टर शिवपुरी गाउँपालिका- ७ सूर्यचौर (सुइरेचाैर)मा दुर्घटनामा परेको हो। हेलिकोप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ सवार थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान भरेको तीन मिनेटपछि नै हेलिकोप्टर काठमाडौं टावरसँग सम्बन्धविच्छेद भएको थियो।