२०८१ आश्विन ५

संसदीय समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पास
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार ०९:१८ गते

काठमाडौ, २४ साउन ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ।
समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो। बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन मन्त्रालयले प्रस्ताव पेस गरेको थियो।
प्रस्तावमाथि छलफलपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन्।
साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन ।संसद्को बैठक साउन २९ लाई तोकिएको छ।