२०८१ आश्विन ४

विद्युत प्राधिकरण ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामाः कुलमान घिसिङ
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २५, शुक्रबार १२:५२ गते

काठमाण्डौं २५ साउन ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुगेको बताएका छन् । उनले ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको पनि बताए । घिसिङले प्राधिकरणको नाफा कागजी नाफा मात्रै नरहेको प्रस्ट पारेका छन् । डेडिकेटेड फिडर र ट्रंकलाइनको उठ्न बाँकी महसुलसमेत जोडेर नाफा देखाइएको भनी प्रचार भएको विषयमा प्रस्टीकरण दिँदै घिसिङले यस्तो बताएका हुन्।
आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा घिसिङले ३५ अर्बको सञ्चित घाटा पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याएको उल्लेख गर्दै भने, ‘विद्युत् प्राधिकरणले विगत आठ वर्षमा ३५ अर्बको सञ्चित घाटालाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्‍याउँदा करिब ८२ अर्बको नाफा देखिएको छ । त्यो नाफा डेडिकेटेड र ट्रंकलाइनको बिलले भएको होइन। त्यसको पनि केही अंश होला, तर ८२ अर्ब नाफा महालेखापरीक्षकबाट तीन चार्टर्ड एकाउन्टेट संस्थाले हरेक वर्ष गरेको अडिटबाट आएको विवरण हो।’