२०८१ आश्विन ४

बुटवलमा परम्परागत खेलकुद तथा सङ्गठनको स्थापना दिवस मनाइयो
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३०, बुधबार १०:४१ गते

बुटवल ३० साउन ।
ट्रेडिशनल स्पोर्टस् एण्ड गेम्सको अन्तराष्ट्रिय स्थापना दिवस बुटवलमा मनाइएको छ । नेपाल ट्रडिशनल स्पोर्टस् एण्ड गेम्स(नेपाल परम्परागत खेलकुद तथा सङ्गठन) ले बुटवलमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

बुटवल स्थीत नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय देवीनगर बुटवलमा परम्परागत खेलकुद प्रतियोगितासहित विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।

नेपाल ट्रेडिशनल स्पोर्टस् एण्ड गेम्सका केन्द्रीय अध्यक्ष गणेशबहादुर कुँवरका अनुसार घैंटो फुटाउने प्रतियोगिता, गट्टा तथा चुंगी खेल गरिएको थियो । विद्यार्थीहरुवीच गरिएको प्रतियोगितामा घैंटो फुटाउने प्रतियोगितामा कृश आले विजयी भएका थिए । त्यस्तै चुंगी खेलमा विद्यार्थी करिना चौधरी प्रथम भएकी थिइन् ।
गट्टा खेलमा विद्यार्थी रेबिका परियार,मनसुन जिसि, बिपना खनाल र बेलिस्मा श्रेष्ठको समुह प्रथम भएको थियो । विभिन्न खेलमा ३० जना विद्यार्थीले भाग लिएको नेपाल टे«डिशनल स्पोर्टस् एण्ड गेम्सका केन्द्रीय उपाध्यक्ष नवराज खरेलले बताए ।
प्रतियोगिता पछि आयोजित कार्यक्रममा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले खेल क्षेत्रको चर्चा गर्दै खेलले विद्यार्थीलाई अनुशासनमा राख्न मद्दत गर्ने बताए । विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै खेललाई पनि महत्व दिएको बताए । विद्यार्थीहरुले पहिलो प्रथामिकतामा पढाईलाई राख्र्दै खेल क्षेत्रमा लाग्नुपर्ने बताए । नवीनका विद्यार्थीहरु पढाईमा साथै खेलमा पनि अब्बल बन्दै गएको भन्दै विभिन्न स्तरका प्रतियोगिता सफल बन्दै गएको बताए । नेपाल ट्रडिशनल स्पोर्टस् एण्ड गेम्स सस्थालाई आगामी दिनमा पनि रचनात्मक क्रियाकलापहरु गर्न सुझाव पनि दिए ।

कार्यक्रममा सस्थाका अध्यक्ष कुवरले परम्परागत खेलहरुको संरक्षण गर्नका लागि सस्था स्थापना गरिएको चर्चा गर्दै आगामी दिनमा थप क्रियाशिल गराउने बताए । उपाध्यक्ष खरेलले परम्परागत खेलको पनि आफ्नै खालको महत्व रहेको भन्दै ती खेलको संरक्षण गर्दै थप विकासका लागि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने बताए ।