२०८१ आश्विन ४

छात्रवृत्तिका लागि बौद्ध विश्वविद्यालयलाई ४० लाख दान प्रदान
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३१, बिहीबार ०९:२७ गते

लुम्बिनी ३१ साउन ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख एक हजार रुपैया दान हस्तान्तरण भएको छ ।
चीनियाँ भिक्षु तथा नागरिकहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरी विश्वविद्यालयलाई ४० लाख एक हजार रुपैया दान गरेका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एक कार्यक्रमका बीच चीनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताए ।
‘विश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिबिधि गरिरहेको छ, उनले भने,–‘सबैको सहयोग रहदा यसको प्रवद्र्धनमा टेवा पुग्छ ।’
त्यस्तै चिनिया भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरुले दान हस्तान्तरण गरेको बताए । उनले दान निरन्तर गर्दै जाने समेत बताए ।
चिनियिा भिक्षुसहित १५ जना परिवारले संकलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् । वाङ युछेङ, ह्वाङ छोङसिं, सु सिङखोईसहितका दाताहरुको उपस्थिति रहेको थियो ।