२०८१ आश्विन ४

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झा जेल चलान
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २, आईतवार १०:३४ गते

काठमाण्डौं २ भदौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भुमिकाको रुपमा चर्चामा रहेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलियाका रुपमा चर्चित झालाई धरौटीमा रिहा गर्न अस्वीकार पछि जेल चलान भएका छन्।
उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो। चार दिन लामो बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो।