२०८१ आश्विन ४

तनहुँ बस दुर्घटनाः २५ शव जहाजबाट, दुई शव स्थलमार्ग हुँदै भारत लगियो
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ८, शनिबार १३:५९ गते

चितवन ८ भदौ ।
तनहुँ जिल्लामा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका भारतीय पर्यटकको शव लगिएको छ । मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका ती २७ भारतीय पर्यटकको शव जहाजबाट र स्थलमार्ग हुँदै भारत लगिँदै छ।
चितवनस्थित भरतपुर विमानस्थलमा संकलन गरिएका २५ शव भारतीय एयरफोर्सको जहाजबाट मुम्बईतर्फ लगिएको हो। बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिँदै छ।
पोखराबाट काठमाडौं जाने क्रममा शुक्रबार पृथ्वी राजमार्गबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ भारतीय पर्यटकको ज्यान गएको थियो। चितवनस्थित भरतपुर अस्पतालमा सबै मृतकको पोस्टमार्टम गरेपछि शव भारत पठाइएको हो।
दुर्घटनापछि आकस्मिक रूपमा नेपाल भ्रमणमा आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि शव लगिएको जहाजमै फर्किएकी छिन्। आज बिहान काठमाडौं उत्रिएकी उनले गृहमन्त्री रमेश लेखकलगायत सुरक्षा अधिकारीसँग भेट गरेकी थिइन्। यस्तै, उनले दुर्घटनाका घाइतेसँग पनि भेट गरेकी थिइन्।