२०८१ आश्विन ४

जिम्मेवारी पुरा गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ भाद्र ९, आईतवार ११:४३ गते

दाङ ९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको भन्दै निर्माण व्यवसायीलाई जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । उनले आफुले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पुरा गर्ने तर्फ ध्यान दिन आग्रह गरेका हुन् ।
दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार मुख्य नारा सहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग उनले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत बताए ।
निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी संगै जानुपर्ने बताइन् । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य अशोक कुमार केसीले सरकारले खरिद नियमावीलाई समयानकुल बनाउनुपर्ने बताए ।
नेपाल इन्जिनिएर्स एसोशिएसनका जयलाल मरासिनी, एमाले लुम्बिनी प्रदेश कमिटि सचिव लक्षमण आचार्य, एमाले का बालकृष्ण काउचा, यज्ञ गैरे, शिवकुमार आचार्य, परिषदका इञ्चार्ज पुण्यप्रसाद पौडेललगायतले सहि नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भन्दै त्यस तर्फ अघि बढ्न आग्रह गरे । कार्यक्रमको सहजीकरण नवराज श्रेष्ठले गरेका थिए । नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।