२०८१ आश्विन ४

रुपन्देहीे उद्योग संघको टोली जापानमा
  • लुम्बिनी खोज
  • २०८१ भाद्र १३, बिहीबार १०:४८ गते

बुटवल १३ भदौ ।
रुपन्देही उद्योग संघको टोली जापान भ्रमणमा गएको छ । संघले वैदेशिक भ्रमण कार्यक्रमलाई निरन्तरता दिंदै यस वर्ष पनि संघको बार्षिक कार्यक्रम अनुसार संघको एक टोली अन्तराष्ट्रिय भ्रमणमा जापान पुगेको संघले जनाएको छ ।
संघका अध्यक्ष दिलिप सापकोटाको नेतृत्वमा गएको भ्रमण टोलीमा संघका पूर्ब अध्यक्ष एजाज आलम, संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्री, कोषाध्यक्ष युवराज आचार्य, कार्यसमिति सदस्य माधब प्रसाद नेपाल, नारायण प्रसाद खनाल, राजु घिमिरे, प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी सहित सदस्य उद्योगीहरु गरी २५ जनाको सहभागिता रहेको छ ।
अध्यक्ष सापकोटाले कोभिड पछि धेरै समयको अन्तरालमा तय गरिएको वैदेशिक भ्रमण उद्योगीहरुको लागि लाभदायक हुने विश्वास लिएको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको संयोजनमा गएको भ्रमण टोलीले जापानको राजधानी टोकियो, ओसाका, नागोया, हिरोसिमा, माउण्ट फुजीलगायतका शहरहरुको भ्रमण गरी ट्योटा लगायत बहुराष्ट्रिय कम्पनीहरुको अवलोकन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । भ्रमण टोली यही भदौ्र २० गते फिर्ता आउने छ ।