२०८१ आश्विन ३

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी कारागार चलान
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २३, आईतवार १२:१३ गते

बुटवल २३ भदौ ।
लुम्बिनी प्रदेश सभामा कांग्रेसका तर्फका सांसद धनबहादुर केसी (डीबी) कारागार चलान भएका छन् । ३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तान गर्न उनलाई कारागार पठाइएको हो ।
उनी त्यस यता फरार सूचीमा रहदै आएका थिए । गत निर्वाचनमा कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट उनी निर्वाचित भएपछि फेरि भुक्तान गर्न बाँकी सजायका बारेमा कुरा उठेका थिए ।