२०८१ आश्विन ३

शिक्षामा लगानी वृद्धि गर्नुपर्नेमा गगन थापाको जोड
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २८, शुक्रबार १३:३१ गते

बुटवल २८ भदौ
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरुमा भागबण्डाका आधारमा गरिने नियुक्तिको आलोचना गरेका छन् । उनले गुणस्तरिय शिक्षाका लागि भागवण्डाको नियुक्ति बाधक रहेको धारणा राखेका छन् । रुपन्देहीको शुद्धोधनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको २० औ कयाम्पस सभा, ७ औ अधिबेशन तथा भवन उदघाटन समारोहमा शुक्रवार वोल्दै उनले सरकारले उच्च शिक्षामा लगानी बृद्धि गरी शिक्षामा सुधार गर्न जरुरी रहेको बताए । शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने विषयमा ध्यान दिन जरुरी रहेको समेत औल्याए ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक
क्याम्पसका प्रार्चाय टंक प्रसाद पौडेलको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष नवलराज शर्माले स्वागत गरेका थिए । सोही अवसरमा उत्कृष्ठ कर्मचारी शिक्षक विद्याथीहरुलाई सम्मान गरिएको थियो ।