२०८१ पुष १२

लुम्बिनीमा थन्किएका विद्युतिय सवारी सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशन
  • लुम्बिनी खोज
  • २०८१ भाद्र २९, शनिबार १४:४१ गते

अनुदानमा ल्याइएका १९ वटा विद्युतिय बस र कार वर्षौ देखि लुम्विनीमा थन्किएका छन्

बुटवल २९ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा करिब ५ वर्षदेखि थन्किएका विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई उनले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । लुम्बिनीमा अनुदानमा ल्याइएका १९ वटा विद्युतिय बस र कार वर्षौ देखि लुम्विनीमा थन्किएका छन् । ती थन्किएका सवारी सञ्चालनमा मुख्यमन्त्रीले चासो देखाएका हुन् ।
सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई त्यसै नराख्न उनले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’उनले भने ,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’
लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा पांच वटा बिद्युतिय बस र १४ वटा भ्यान (ट्याक्सी) गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् ।
लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न र पर्यटकलाई सुविधा दिन भन्दै यि बसहरु एसियाली बिकास बैकको सहयोगमा भित्राइएका हुन ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ट्याक्सी र बस भित्रिएका थिए । यसमा सरकारले साढे ३ करोड भन्सार शुल्क व्यहोरेको थियो । यहि प्रोजेक्ट अन्तर्गत १५ करोड लागतमा बनाइएको चार्जिङ स्टेसन संचालनमा छ  ।
विदेशी पर्यटकलाई यी सवारी साधन मार्फत भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पु¥याउने उद्देश्य थियो ।