२०८१ आश्विन ७

सुनको मूल्यमा निरन्तर कीर्तिमान,तोलाको १ लाख ५९ हजार नाघ्यो
  • लुम्बिनी खोज
  • २०८१ आश्विन ७, सोमबार ०६:३३ गते

बुटवल ७ असोज ।
सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम गर्ने क्रममा सुनको मूल्य आज तोलामा रु. चार सयले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ५८ हजार आठ सयमा कारोबार भएको सुन आजका लागि रु. एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा रु. एक हजार सात सयले वृद्धि भएको थियो।
यस्तै, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला रु. एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ।