२०८१ कार्तिक ७

शान्ति समाजद्वारा बृद्धबृद्धालाइ सम्मान तथा अत्यावश्यक सामाग्री प्रदान
  • लुम्बिनी खोज
  • २०८१ आश्विन १५, मंगलवार ०९:३३ गते

बुटवल १५ असोज ।
अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देही बृद्धबृद्धालाइ सम्मान तथा अत्यावश्यक सामाग्री प्रदान गरेको छ ।
शान्ति समाजले श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्ध आश्रम, तल्लो फुलवारी पाखापानी, बुटवलमा बृद्धबृद्धा सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
आश्रमका बृद्ध बुबाआमालाइ दोसल्ला ओडाइ सम्मान गरिएको हो । समाजका जिल्ला सभापति अर्जुन ज्ञवाली, समाजका केन्द्रिय पुर्व सभापति गोविन्द खनाल, आश्रमका संरक्षक तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैंजु, समाजका केन्द्रिय सदस्य, पुर्व सभापति डिपि खनाल, पुर्व सभापति कृष्ण प्रसाद पराजुली, पुर्व सभापति हरिस ढकाल तथा पदाधिकारी, सदस्यहरुले दोसल्ला ओढाएर सम्मान गरे। साथै समाजले खाद्यान्न तथा दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक सामाग्री समेत आश्रमलाइ हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा आश्रमका संरक्षक एवं जेसिआइका पुर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैंजुले मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बृद्ध बुबाआमा सम्मान तथा खाद्यान्न एवं अत्यावश्यक सामाग्री प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोगको अपेक्षा गरे ।
समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले नेपालमा युवाहरू विदेश पलायन भैइराखेको बर्तमान परिस्थितिमा बृद्धहरुको हेरचाह चिन्ताको विषय भएको उल्लेख्य गर्दै प्रत्येक परिवार, समाज, सघ सस्था र सरकारले समेत यसको समाधान निकाल्न अब ढिलो नगर्न आग्रह गरे । कार्यक्रम मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, सहसचीव अर्जुन कुवरको स्वागत तथा सचीव लिलाधार लुइँटेलको संचालनमा सम्पन्न भएको थियो ।