२०८१ कार्तिक ७

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्धारा टायर एण्ड ट्रिटको कारोबार शुरु
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ६, मंगलवार ०९:१८ गते

बुटवल ६ कार्तिक ।
ब्यबसायी र मजदुरहरुको हकहितमा बिभिन्न कार्यहरु संचालन गर्दै आएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले टायर र सम्बन्धित बस्तुको ब्यबसायिक कारोबार शुरु गरेको छ । करिब २ हजार ३ सय बस संचालनमा रहेको संघबाट रुपान्तरित प्रा.लि.ले केहि समयअघि सहकारी स्थापना गरि आर्थिक गतिबिधी अघि बढाएको छ भने पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.संचालनमा ल्याएको हो ।
करिब १ करोड रुपैयाँ लगानीमा बुटवल २ मैनाबगरस्थित अटोभिलेज परिसरमा स्थापना भएको सो टायर एण्ड ट्रिट प्रा.लि.को शुभारम्भ गर्दै पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले ब्यबसायिक हितका साथै आवश्यकतालाई पनि महत्व दिएर ब्यापारिक प्रतिष्ठान स्थापना गरिएको बताए । गुणस्तरिय सामाग्रीको अभावमा यातायात ब्यबसायीहरु र मजदुरहरु आर्थिक मारमा समेत परेको अवस्थालाई न्यूनिकरण गर्न टायर र सम्बन्धित बस्तुहरुको कारोबार संचालन गरिएको उनले बताए ।
कार्यक्रममा नेपाल अटो मेकानिक महासंघका अध्यक्ष जनार्दन गैरे, रुपान्तरित संघका पुर्व अध्यक्ष तुलसीराम बन्जाडे, प्रा.लिका प्रबन्ध संचालक रामचन्द्र भुसाल, अर्थ संचालक मोहन पि.एस.लगायतले समग्र यातायात ब्यबसायी र मजदुरहरुको आवश्यकता महसुस गर्दै गुणस्तरिय सामाग्री उपलब्ध गराउने उद्देश्यले पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.संचालनमा ल्याएको बताए ।