२०८१ पुष १८

शान्ति समाजको बुटवलमा प्रदर्शन
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ८, बिहीबार १२:१४ गते

बुटवल ८ कात्तिक ।
मानवअधिकार तथा शान्ति समाज रुपन्देही जिल्लाले ७९ औँ राष्ट्रसंघ स्थापना दिवसका अवसरमा युद्ध निषेधको लागि बुटवलमा प्रदर्शन गरेको छ ।
आज बिहान बुटवल स्थीत अस्पताल लाइनमा अधिकारकर्मी, सञ्चारकर्मी र अभियान्ताको उपस्थितिमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा इजरायली बर्बरताः विश्व शान्तिका लागि खतरा, हमास र हिजबुल्लाहको आतंकः विश्व शान्तिका लागि खतरा, इजरायली बर्बरताः मानवता विरुद्धको अपराध हो, राष्ट्रसंघः विश्वलाई युद्धको विभीषिकाबाट बचाउने दृढता खोइ?, राष्ट्रसंघ शक्ति राष्ट्रका अगाडि लाचार किन?, मानव जातिको अस्तित्वका लागि युद्ध रहित विश्व आवश्यक जस्ता नारासहितका प्ले कार्ड प्रर्दशन गरिएको थियो । त्यस्तै रुसः तत्काल युद्ध अन्त्य गर, अमेरिकाः इजरायली बर्बरतालाई समर्थन गर्न बन्द गर , राष्ट्रसंघ बडापत्रको प्रस्तावनाः युद्ध विहिन विश्वको परिकल्पना , इजरायलः विद्यालयमाथिको आक्रमण बन्द गर , इजरायलः शान्ति सेनामाथि आक्रमण बन्द गर का नारा सहितका प्लेकार्ड प्रर्दशनकारीहरुले लिएका थिए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले विश्वभरि भएका युद्ध अविलम्ब अन्त हुनुपर्ने माग गरे। उनले युद्धका बाछिटाले कुनै पनि मानवअस्तित्व र मानवबस्तिहरुमा असर गर्नु जगन्य अपराध भएको औल्याए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले मानवअधिकारको एजेन्डामा पत्रकारहरु शान्ति समाजको सदैव साथमा रहेकोे बताए। पुर्व सभापति हरिश ढकालले शान्तिको विकल्प हुनै नसक्ने बताए । निबर्तमान सभापति खिम प्रसाद भट्टराई (कृष्ण) ले शान्ति समाजको अभियान युद्ध निशेध र शान्ति विशेषको रहेको बताए ।


जिल्ला सभापति अर्जुन ज्ञवालीले समाज, देश र विश्वमा शान्ति र अहिम्सा कायम गर्ने हरेक प्रकारका युद्ध निषेध गर्न जोडदार माग गरे। उनले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसाको लागि आफुहरु अभियानमा लगातार लागिरहने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेल, पत्रकार प्रकाश खनाल, स्वस्तिक श्रेष्ठ, फ्युचर स्टार क्लबका अध्यक्ष अमिर खड्कालगायत समाजसेवी , नागरिक अभियान्ताहरु, शान्ति समाजका रुपन्देहीका पदाधिकारी, सदस्यको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा कोषाध्यक्ष मोहनिलाल न्यौपानेको स्वागत, सभापति अर्जुन ज्ञवालीको अध्यक्षता र सचीव लिलाधर लुइँटेलको संचालनमा सप्पन्न भएको थियो ।