२०८१ पुष ८
भैरहवा ८ कार्तिक ।
सिद्धार्थनगर नगरपालिका रुपन्देहीले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधीकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरिएको हो ।
अनुुगमनको क्रममा औषधी पसलहरु नविकरण नगरिएको पाईएको टोलिले जनाएको छ । त्यस्ता पसलहरुलाई पहीलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कार्वाही गरिने उपप्रमुख अधीकारीले जानकारी दिईन् । त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नुु पर्ने लगायतका सुुझावहरु दिईएको नगरपालीकाकी स्वास्थ्य शाखा प्रमुख गिता न्यौपानेले बताईन् ।
नगर उपप्रमुख अधीकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्ख, नेपाल औषधि ब्यवसायी सङघ जिल्ला साखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालीकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले अनुगमन गरेको थियो ।