२०८१ पुष ८

जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अधिवेशन
  • लुम्बिनी खोज
  • २०८१ कार्तिक ८, बिहीबार १६:०५ गते

काठमाण्डौं ८ कात्तिक ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौं को छैठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
अधिबेशनले नया कार्यसमिती चयन गरेको छ । नया कार्यसमितिको अध्यक्षमा सुरेश बराल,बरिष्ठ उपाध्यक्ष भविश्वर दुबे, उपाध्यक्षहरुमा जितेन्द्र गिरी, मनोहरी कंडेल, बिष्णु प्रसाद घिमिरे
महेन्द्र राई, कुमार श्रेष्ठ, बिष्णु प्रसाद उपाध्याय चयन भएका छन् । त्यस्तै महासचिव शैलेन्द्र विक्रम थापा, उपमहासचिव शिवलाल गिरी, सचिवहरु लाल बहादुर बानिया (अनिश) देवकी भण्डारी,हरि प्रसाद अर्याल, जयलाल श्रेष्ठ,कोषाध्यक्ष शालिकराम थापा र सह कोषाध्यक्ष लेखनाख खराल चयन भएका छन् ।
सदस्य खुल्लामा नुमाकान्त पाठक
कप्तान अधिकारी
नविन अधिकारी
सन्तोष पौडेल
खेमराज उप्रेति
माधव प्रसाद गौतम
शेर बहादुर बिष्ट
शारदा खड्का
दिल बहादुर क्षेत्री
सदस्य समावेशीमा तिलक श्रीपाली
ललित बहादुर श्रेष्ठ
रेनुका यस्को लिम्बु
सुजता तामाङ्ग
अप्सरा थापा चयन भएका छन् ।

कार्यक्रमको अध्यक्षता शैलेश कुमार कार्कीले गरेका थिए ।


कार्यक्रममा बागमति प्रदेशका सभामुख भुवन कुमार पाठक, होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, लोकतान्त्रिक होटल व्यवसायी संघ नेपालका अध्यक्ष लिला प्रसाद ढकाल, नेपाल राष्ट्रिय होटल व्यवसायी संघ अध्यक्ष पदम लिम्बु, काठमाण्डौमा रहेका सात वटा ईकाई अध्यक्षहरू
,सामुदायिक सेवा केन्द्र गंगबु बरिष्ठ उपाध्यक्ष दिपक बानिया,
समाज उत्थान महिना मञ्च अध्यक्ष जानुका नेपाललगायतको उपस्थीति रहेको थियो ।