२०८१ पुष १२
बुटवल २४ कात्तिक ।
पश्चिम नेपाल विकास ट्रष्ट र ग्लोवल बहुउद्देश्यिय सहकारी सस्था लिमिटेड बुटवलको आयोजनामा आज बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । बुटवल वडा नम्वर १७ मा गरिएको शिविरमा लुम्बिनी सिटी अस्पताल बुटवलको प्राविधिक सहयोग रहेको थियो । बुटवल उपमहानगरपालिका १७ नम्वर वडा कार्यालय मोतिपुरको सहयोग तथा ब्यवस्थापनमा गरिएको बृहत शिविरमा स्त्री रोग तथा फिजिसियन सम्वन्धी सेवा दिइएको थियो ।
शिविरमा झण्डै २ सय जनाको स्वास्थ्य जाच गरिएको छ ।
त्यस मध्ये १०७ जना जनरल फिजिसियन तर्फ स्वास्थ्य जाच गरिएको थियो भने अन्य स्त्रीरोग सम्बन्धी जाच गरिएको थियो । शिविरमा सुगर तथा प्रेशर जाच गर्नुका साथै डाक्टर पातल गिरी, सरस्वति श्रेष्ठलगायतले सेवा प्रदान गरेको कार्यक्रम संयोजक, ग्लोवल बहुउद्देश्यिय सहकारी सस्था लिमिटेडका अध्यक्ष तथा ट्रष्टका सचिव पदमलाल घिमिरेले बताए ।
शिविरको शुभारम्भमा वेलायती नागरिक आनले ट्रष्टले गरेको समाजसेवाको कार्यप्रति खुशी ब्यक्त गरिन् । उनले यस किसिमका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव समेत दिइन् ।
पश्चिम नेपाल विकास ट्रष्टका सस्थापक अध्यक्ष एंव हालका वरिष्ठ सल्लाहकार युवा समाजसेवी गोपाल भुसालले सस्थाको स्थापना देखि नै रचनात्मक कामलाई निरन्तरता दिइएको भन्दै समाजमा सकरात्मक प्रभाव पार्ने काममा जोड दिनुपर्ने बताए । हाल पोखरामा पर्यटन ब्यवसायमा समेत आवद्ध भुसालले पर्यटन, वातावरण देखि विभिन्न क्षेत्रमा ट्रष्टले खेलेको भुमिका राम्रो रहेको भन्दै यस किसिमका स्वास्थ्य शिविरले धेरैले फाइदा लिन सकेकोमा खुशी ब्यक्त गरे । ग्लोवल बहुउद्देश्यिय सहकारी सस्था लिमिटेड बुटवलका उपाध्यक्ष थानेश्वर बस्यालले सस्थाले गरेका कामको चर्चा गर्दै कार्यक्रमको भब्य सफलताको शुभकामनासहित स्वागत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष ज्ञान वहादुर रेश्मी, ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, कार्यक्रम संयोजक, ग्लोवल बहुउद्देश्यिय सहकारी सस्था लिमिटेडका अध्यक्ष तथा ट्रष्टका सचिव पदमलाल घिमिरेलगायतले शिविर तथा सस्थाका बारेमा चर्चा गरेका थिए ।