२०८१ पुष ७
दाङ २१ मंसिर ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष तथा संविधानसभा सदस्य रश्मीराज नेपालीकी श्रीमती दमयन्तादेवी अधिकारीको १३ औं दिनको तिथिमा श्रद्धाञ्जलीसभा गरिएको छ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ७५ वर्षिय दमयन्तादेवी उपाध्यायको मंसिर ८ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो ।
कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले परिवारको साथ र सहयोगले रश्मीराजजीले पार्टीमा निरन्तरता दिन सम्भव र त्यो वातावरण गराउने दमयन्ता पार्टीको महत्वपूर्ण सदस्य भएको बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाँचुन्जेल समाजको अन्याय अत्याचार दमनका विरुद्धमा लागेको भन्दै दमयन्ताको योगदानको चर्चा गरेका थिए ।
स्व अधिकारीले २०२२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको र अखिल नेपाल महिला संघको पुर्वकेन्द्रीय सदस्य रहेकी थिइन् । वक्ताहरुले उनको योगदानको चर्चा गरेका थिए ।